अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,जेठ २७ गते।
धनुषा प्रहरीको हिरासतबाट पर्खाल फोडेर फरार भएका थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव छन् । उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट ६ जना थुनुवाहरू फरार भएकोमा ५ जना पक्राउ परेपछि एकजना पक्राउ पर्न सकेका थिएनन् ।