अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,जेठ २६ गते।
अत्यधिक गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय थप ३ दिन बन्द गर्ने निर्णय गरेको छ ।
जेठ १९ गतेदेखि २६ गतेसम्म बिदा दिएकोमा थप ३ दिन बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठन पाठन बन्द गरिएकोमा पुनः बुधबारदेखि कक्षा सञ्चालन हुने पाण्डेले जानकारी दिइन् ।