लुम्बिनी प्रदेशसभाले आज नीति तथा कार्यक्रम ल्याउँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २६ गते।

लुम्बिनी प्रदेशसभाले आज नीति तथा कार्यक्रम ल्याउँदै छ ।

बैठक आज दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । बैठकबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउने तयारी भएको छ ।

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

‘हरेक घर-घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित घोषणा गर्दै विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने केही नयाँ कार्यक्रम थप्ने तयारी गरेको छ।

सरकारले नारालाई पुष्टि गर्न स्थानीय उत्पादनमा जोड दिँदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *