अत्यधिक गर्मीका कारण मधेश प्रदेशका एक तिहाइ चापाकलहरु सुक्यो

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,जेठ २६ गते।

अत्यधिक गर्मीका कारण मधेश प्रदेशका एक तिहाइ चापाकलहरु सुकेपछि सर्वसाधारण निक्कै मारमा परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका एक तिहाइ चापाकलहरु सुकेपछि सर्वसाधारणलाई खाने पानीको समस्या उत्पन्न भएको छ । खास गरी धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाको उत्तरी भेगमा यो समस्या देखिएको छ ।

जनकपुरधाममा ४५० फिटमा जडान भएको चापाकलमा पनि पानी आउन बन्द भएपछि सर्वसाधारणहरू थप समस्यामा परेका छन् ।

जनकपुरधामको गंगासागरमा रहेको डिप बोरिङ पनि सुकेको छ । विगत चार दिन देखि सो डिप बोरिङमा पानी आउन बन्द भएपछि यस क्षेत्रका हजारौँ व्यक्तिहरूलाई खानेपानीको समस्या भएको छ ।

जनकपुरधामको घना वस्ति भएका अधिकांश ठाउँको चापाकलहरुमा पानी आउन बन्द भएको छ । यस्तै अवस्था रहेको खण्डमा अगामी दिनमा जनकपुरधाममा खानेपानीको थप जटिलता उत्पन्न हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *