अत्यधिक गर्मी र ‘लू’ चलेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाद्धारा सर्वसाधरणलाई आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २ गते।

अत्यधिक गर्मीसँगै बिहानैदेखि चलेको ‘लू’ चलेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सर्वसाधरणलाई आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

‘गर्मी र लू मा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन जिल्लावासीमा आग्रह गरेका छौं,’ उनले भने, ‘प्रशस्त पानी, झोलिलो पदार्थ पिउने, बाहिर निस्कन पर्‍यो भने टाउको छोप्ने जिउ, छोप्ने पातलो कपडा लगाउने, छाताको प्रयोग गर्नु पर्छ ।’

जिल्ला अस्पतालमा झाडापखाला, टाउको दुःख्ने, रिंगटा लाग्ने, ज्वरो आउने, रक्तचापका बिरामी बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *