बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १० गते।

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर  चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *