अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असार ३१ गते।
आजदेखि भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ ।
जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आईतबारदेखि रेल सञ्चालनमा आएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर शुरुवात गरे । रेल उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर कार्गो रेलसेवा पनि चाँडै सञ्चालनमा ल्याउने बताए ।
भंगहासम्म सेवा विस्तार गर्न रेललाई नव दुल्ही झै सृंगारिएको थियो । रेल हेर्न स्थानीयको घुँइचो लागेको थियो ।
सुरुमा दुईपटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउने जाने गरी चारपटक संचालनमा थियो । भोलिदेखि भने थप सेवा विस्तार गरी दैनिक दुबै रेल तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रवन्धक निरञ्जन झाले बताए । भंगहा स्टेशनबाट मात्र दिनको दुईपटक आर्थात साँझ र विहान सेवा दिने छ ।