आजदेखि मलमास अर्थात् अधिकमास सुरू

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २ गते।

मलमास अर्थात् अधिकमास आजदेखि शुरु भएको छ ।

ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ ।

आजदेखि सुरू भएर साउन ३१ गते बुधबार समाप्त हुने मलमासको अवधिभित्र के–के गर्न हुन्छ, के–के गर्न हुँदैन ?

मलमासको अवधिमा तिथि पर्वले पर्ने कार्यहरू अर्थात् नैमित्तिक कार्यहरू गर्न हुन्छ । जस्तैस् यस अवधिमा पर्ने जन्मोत्सव, बच्चा जन्मिएमा गरिने न्वारन, अन्त्य संस्कार, श्राद्ध कर्म आदी ।

यस अवधिमा काम्य कर्महरू भने गर्न नहुने बिधान रहेको छ । जस्तै नयाँ गृह आरम्भ, नयाँ गृह प्रवेश, कुवा तलाव खन्ने, ईनार खन्ने, नयाँ बगैचा निर्माण, ब्रतवन्ध, विवाह आदी जस्ता दीर्घकालीन असर रहने कार्यहरू ।

नवविवाहित दम्पत्तिले मलमास बार्ने बिधान रहेको छ । अर्थात् नवविवाहित दम्पत्ति मलमासको अवधिमा सम्मिलन नगर्ने निर्देश रहेको छ । अर्थात् यस अवधिमा नवविवाहित जोडी सकभर मलमासभर बेग्ला–बेग्लै बस्नु उपयुक्त हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *