अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,भदौ ३ गते।
दुई वटा पेस्तोलसहित सर्लाहीमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादव छन् ।
उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए ।
चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।
बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।