अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ३० गते।
काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।
हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।
प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । उनको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ ।
प्रहरीका अनुसार चारै जना दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको छ । उनका अनुसार चारै जना सोही स:मिलमा कार्यरत थिए ।
घटनाको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको छ ।