अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक २४ गते।
जाजरकोटको भूकम्पमा परी घाइते थप एक जनाको मृत्यु भएको छ । भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन् ।
उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए ।