आज देशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर १९ गते।

‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीको प्रभावले आज देशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिए ।

सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने सम्भावना रहेको छ।

यस्तो अवस्था दुई–तीन दिनसम्म रहने सम्भावना रहेको मौसमविदले जानकारी दिए ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *