त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिवार राति पुनः साढे ६ किलो सुन बरामद

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २४ गते।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिवार राति पुनः साढे ६ किलो सुन बरामद भएको छ ।

सुनसँगै तीन जना विदेशी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन बोकेर आएका इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन रहेका छन् । उनले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।

विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा चन्द्र घलेकै शैलीमा प्रहरी र भन्सारको संयुक्त टोलीले सालेहलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि शरीर खानतलासी गर्दा सालेहले भित्री ज्याकेट बनाएर त्यसको खल्तीमा हाली पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *