प्रतिनिधि सभाका सभामुख पदका लागि आज निर्वाचन हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ५ गते।

प्रतिनिधि सभाका सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ ।

आज बिहान ११ बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।

सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ मत ल्याउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *