अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता,माघ ४ गते।
स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुईजना पर्साबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नगवा बस्ने ३४ वर्षीय विकास साह र वडा १८ इनर्वा मनियारी बस्ने १९ वर्षीय सुवासकुमार साह रहेका छन् ।
मंगलबार वीरगन्ज महानगरपालिका-८ घण्टाघरस्थित सडकमा उनीहरू सवार भारतीय नम्बरको स्कुटरमा प्रहरीले चेक गरेको थियो।
चेक गर्ने क्रममा पछाडि सवार सुवासकुमार साहले बोकेको झोलाबाट साढे २२ लाख नेपाली रुपैयाँ फेला पारेको हो। स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।