अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,माघ ५ गते।
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई जागिरबाट हटाउँदै छन् ।
बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ ।
मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो ।
अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कटौती अभ्यासको घोषणा गरेका हुन् ।
सन् २०२२ को जुन ३० सम्ममा कम्पनीमा दुई लाख २१ हजार पूर्णकालिक कर्मचारीहरू थिए, जसमा संयुक्त राज्य अमेरिकामा एक लाख २२ हजार र १,२२,००० र अन्तर्राष्ट्रिय स्तरमा बाँकी ९९ हजार कर्मचारी रहेका थिए ।
व्यक्तिगत कम्प्युटर बजारमा आएको मन्दीले विन्डोज र उपकरणहरूको बिक्रीमा असर पारेपछि माइक्रोसफ्टले आफ्नो क्लाउड युनिट ‘एजुयर’मा वृद्धि दर कायम राख्न दबाब दिइरहेको रोयटर्सले जनाएको छ ।