मधेस प्रदेशमा आज बलिदानी दिवस मनाउँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,माघ ५ गते।

मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ।

बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो।

मधेश प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसरमा जनकपुरधाममा विशेष कार्यक्रम गर्ने भएको छ । यसअघि २०७८ माघ ५ गतेको सप्तरीको राजविराजमा विशेष कार्यक्रम गरिएको थियो । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेको शहीद परिवारलाई जनही नगद दुई लाख र एक थान ब्लैंकेट वितरण गर्ने तयारी रहेको मधेशी शहीद प्रतिष्ठानले जनाएको छ । यस्तै, मधेश आन्दोलनका क्रममा घाइते र आपाङ्गता भएकालाईसमेत आर्थिक सहायता प्रदान गरिने भएको छ । उनीहरूलाई २५ हजारदेखि दुई महिनासम्म आर्थिक सहयोगको तयारी रहेको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *