अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ५ गते।
माघ ७ गते प्रतिनिधिसभाको उपभामुख निर्वाचन हुने भएको छ ।
संसदका जेष्ठ सदस्यको रुपमा संसद बैठको अध्यक्षता गरिरहेका पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।
उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई उनले निर्देशन दिएका छन् । बिहीबारको संसद बैठकले सभामुखको निर्वाचन गरेको छ ।