अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ६ गते।
उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुँदै छ ।
संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।
उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ ।
सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।