विदेशी मुद्राको नेपाली बजार मूल्य कति पुग्यो ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ६ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।

जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रुपैयाँ ८८ पैसा र बिक्री दर १३० रुपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ५९ पैसा र बिक्री दर १४१ रुपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १७ पैसा र बिक्री दर १६० रुपैयाँ ९१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *