सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज विश्वासको मत लिँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २५ गते।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज विश्वासको मत लिँदै छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधवार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *