अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन १२ गते।
राष्ट्रपति निर्वाचनको आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ ।
मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ ।
आयोगले यसअघि नै फागुन १३ अर्थात शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्ता मिति तय गरेको छ ।
यसअनुसार भोलि सम्ममा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिसक्नु पर्ने छ ।
राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।