मिथिला मध्यमा परिक्रमा आज जलेश्वर आईपुग्ने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन १२ गते।

मिथिला मध्यमा परिक्रमा आज जलेश्वर पुग्ने भएका छन् ।

सोमवार धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागरस्थित मठबाट रामजानकीको डोला विधिवत् रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा सोमवारबाट प्रारम्भ भएको थियो।

यात्राको तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रि विश्राम गरेका यात्री शनिबार चौथौं दिन महोत्तरीको भारतीय सीमावर्ती मटिहानी पुगेका थिए ।

मिथिला मध्यमा परिक्रमा यात्राका सहभागी पाँचौ दिन जलेश्वरनाथमा रात्रि विश्राम गर्नेछन् । पाँचौँ दिन जलेश्वर, छैठौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रि विश्राम पछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् ।

यस परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *