अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २४ गते।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ ।
निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आजबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने जनाएको छ ।
निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।