आईपीएलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र २५ गते।

आईपीएलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ ।

हैदराबादले दिएको १ सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । लखनउको जितमा कप्तान केएल राहुलले ३१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाउँदा क्रुनाल पान्ड्याले २३ बलमा ३४ रन बनाएका थिए ।

ओपनर कायल मेयर्स १३ रनमा आउट हुँदा निकोलस पुरन ११ रनमा अविजित रहे । मार्कस स्टोइनिस १० रनमा अविजित रहे ।

हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १र१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।हैदराबादका राहुल त्रिपाठीले ४१ बलम ३५ रन बनाउँदा ओपनर अनोमलप्रित सिंह २६ बलमा ३१ रन बनाउँदै आउट भएका थिए ।

अब्दुल सामद १० बलमा २१ रन बनाउँदै अविजित रहँदा वासिन्टन सुन्दर १६ रन बनाए । कप्तानका रुपमा आईपीएल डेब्यु गरेका एडेन माक्ररम क्रुनाल पान्ड्याको बलमा बोल्ड हुँदै गोल्डेन डक भएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *