अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १७ गते।
कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला लिम्बूले राजीनामा दिएकी छन्।

विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
गत पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि जसपाकी प्रदेशसभा सदस्य लिम्बू पुस २५ गते कोशी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त भएकी थिइन् ।