अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २४ गते।
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ।
प्रदेश प्रमुख देवराज जोशीले आज अपरान्ह ४ बजे प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।
सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो। सदनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछ।