अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २८ गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी बुधवार काठमाण्डूस्थित नर्भिक अस्पतालमा उनको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्।
सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
माओवादी पार्टी कार्यालयमा सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न माओवादी कार्यकर्ता, विभिन्न दलका नेता तथा शुभेच्छुकहरू पुगेका थिए।