अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २८ गते।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउने भएका छन्।
एक दिने भ्रमणका लागि नेपाल आउन लागेका सहायक विदेश मन्त्री लुले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनकी पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम छ।
लु यसअघि एमसिसी परियोजना संसदबाट पारित हुने क्रममा रहेका बेला नेपाल आएका थिए।