उपप्रधानमन्त्रीको मुटुमा समस्या आएपछि पुन: अस्पताल भर्ना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २० गते।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति मुटुमा समस्या आएपछि पुन: अस्पताल भर्ना भएका छन् ।

उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो। उनका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ।

उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो। यसअघि पनि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *