आज राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर जाँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ७ गते।

आज राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदैछन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर जान लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पौडेल बिहान ११ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *