आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन ४ गते

आज साउनको पहिलो सोमबार देशभरका शिवालयहरूमा भक्तजनको भिड लागेको छ। साउनमा सोमबार विशेष शिवको पूजा–अर्चना गर्ने गरिन्छ।

काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ।

सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ ।

यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *