नेपाल आयल निगम द्धारा कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ७ गते।

नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।

कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

‘नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकाले’, सूचनामा भनिएको छ, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा दरखास्त दिन सम्बन्धित यो सूचना प्रकाशन गरिएको छ’,।

Leave a Reply

Your email address will not be published. Required fields are marked *