अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र २४ गते।
आईपीएलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले पराजित गरेको छ ।
कोलकाताले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउने क्रममा बेङ्लोरले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।
कोलकाताले खराब सुरुवात गरेपछि रहमानुल्लाह गुर्बाज र शार्दुल ठाकुरको अर्धशतकमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । ८९ रनमै ५ विकेट गुमाएको कोलकाताका लागि शार्दुल र रिंकु सिंहले १०३ रनको साझेदारी गरे । सातौं नम्बरमा ब्याटिङ गरेका शार्दुलले २९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६८ रन बनाए ।