सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २४ गते।

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै छन् ।

अपराह्न २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट  १३ अङ्क जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अङ्क जोडेर ११ औँ स्थानमा छ ।

यसैगरी सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *