आईपीएलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख १५ गते।

आईपीएलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले पराजित गरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ६ विकेट गुमाएर १७० रनमा समेटियो।

राजस्थानको जितमा सबैभन्दा धेरै यशस्वी जयसवालले ७७ रन बनाए । ४३ बलमा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *