आईपीएलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हरायो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ २ गते।

आईपीएलमा गुजरात टाइटन्सले सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो ।

गुजरातको जितमा ओपनर ब्याट्सम्यान सुवमन गिलले सतकीय पाली खेले । उनले १ सय १ रन बनाएका थिए । म्यान अफ दि म्याच घोषित गिलले ५८ बलको सामना गरी १ छक्का र १३ वटा चौका पनि प्रहार गरेका थिए ।

अर्का ओपनर ऋद्धिमान शाह भने शून्य रनमै पेभेलियन फर्किएका थिए । त्यसपछि गिल र तेस्रो नम्बरमा क्रिज समाल्न आएका साई सुदर्शनले टोलीका लागि १ सय ४७ रनको साझेदारी गरेका थिए । साई सुदर्शनले पनि टोलीका लागि ४७ रनको योगदान गरे । उनले ३६ बलको सामना गरी १ छक्का र ६ चौका हिर्काए ।

१३ खेल खेलेको गुजरातले हालसम्म १८ अंक बटुलेको छ । गुजरातले ९ जित र ४ हारको नतिजा निकालेको छ । लिग चरणमा गुजरातले अझै १ खेल खेल्न बाँकी छ । गुजरातले लिग चरणको अन्तिम खेल बैंगलोरसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *