अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ३२ गते।
एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा नेपाली टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।
नेपाल र भारत ‘ए’बीचको खेल बिहान ११ बजेर १५ मिनेटमा मा सुरु हुने तय भएको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा भने पाकिस्तान ’ए’ सँग पराजित भएको थियो । नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो । तर, जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २० ओभरमा ७८ रनमात्र बनाउन सकेको थियो ।