अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ७ गते।
आईसिसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपाललाई वेस्ट इन्डिजले जितका लागि ३४० रनको लक्ष्य दिएको छ।
वेस्ट इन्डिजका तर्फबाट शाइ होप र निकोलाश पूरनले शतक प्रहार गरे । ११५ रन बनाएका पूरनलाई दीपेन्द्रसिंह ऐरीले ४४औं ओभरमा क्याच आउट गरे। यस्तै, होपले १३२ रन जोडे ।
वेस्ट इन्डिजका रोभमन पावेललाई ललित राजवंशीले ४८ ओभरमा आउट गरे । पावेलले २९ रन प्रहार गरे । जासन होल्डरले १६ रन जोडे।
बलिङतर्फ नेपालका लागि ललितले ३, करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए ।