एसिया कपको दोस्रो खेलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ १६ गते।

एसिया कपको दोस्रो खेलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ ।

सबैभन्दा बढी लोकप्रिय मानिने यी दुई देशका खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानीमा हुने खेलमा दुवै टोलीमा रहेका विश्वस्टार बलर र ब्याटरको प्रदर्शन कडा प्रतिस्पर्धात्मक हुने मानिएको छ ।

भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण २०१३ पछि सिरिज खेलेका छैनन् ।

भारत र पाकिस्तानबीच ५० ओभरको एसिया कपमा कुल १३ खेल भएका छन् । जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच ओडिआई भेटमा भारत ४ र पाकिस्तानले १ खेलमा विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *