भारतले अस्ट्रेलियालाई २० रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,मंसिर १६ गते।

भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ । अस्ट्रेलियालाई रायपुरमा हराएपछि भारतले टी–२० सिरिजमा पनि ३–१ को अग्रता बनाउँदै कब्जा जमाएको छ ।

जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा अविजित रहे । ओपनर ट्रविस हेडले ३१ रन जोडे ।

भारतका अक्षर पटेलले ३ र दीपक चाहरले २ विकेट लिए । रवि विश्रोई र आवेश खानले समान एकरएक विकेट लिए । त्यसअघि रायपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतका रिङ्कु सिंहले सर्वाधिक ४६ रन बनाए । यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *