अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २२ गते।
शुक्रबार भएको एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ।
नेपालले दिएको १ सय ५३ रनको विजयी लक्ष्य १ सय ४२ बल (२६.२ ओभर) बाँकी हुँदै ३ विकेट गुमाएर पूरा गरेको हो।
खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो।
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न उनले धैर्यपूर्वक ब्याटिङ गरेका थिए।