अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २३ गते।
एनएसएलमा आज दुई खेल हुँदै छ । पहिलो खेल दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
धनगढीले दुई खेल जित्दा एक बराबरी खेलेको थियो । शीर्ष स्थानको ललितपुर सिटी भन्दा एकले पछि रहेको धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ ।
इलाम ४ खेलबाट ३ अंकसहित सातौं स्थानमा छ । इलामले यस सिजन सबैभन्दा धेरै ३ खेलमा हार बेहोरिसकेको छ । यदि धनगढीलाई हराउन सके इलाम शीर्ष चारमा पुग्नेछ ।
त्यसैगरी दोस्रो खेल काठमाडौँ रेन्जर्स र बुटवल लुम्बिनी आमनेसामने हुनेछन् । दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजे सुरु हुनेछ ।