बलिउड अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,साउन ३१ गते।

बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।

आफूले नागरिकता पाएपछि अक्षयले ट्विटरमार्फत जानकारी दिएका हुन्।

क्यानडाको नागरिकताका कारण पटकपटक ट्रोल हुने गरेका उनले दोस्रोपटक भारतको नागरिकता लिएका हुन्।

अक्षयले आफ्नो ट्विटरमा प्रशंसकका लागि यो जानकारी सेयर गरेका हुन्। उनले त्यसको प्रमाण स्वरूप भारतीय नागरिकताका कागजातको तस्बिर ट्विटरमा पोस्ट गरेका छन्। ‘मन र नागरिकता दुवै भारतीय हुन्,’ अक्षयले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *