अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता, असोज ४ गते।
खालिस्तानी समर्थकका नेतालाई क्यानडाको ब्रिटिस कोलम्बियामा तीन महिनाअघि (१८ जुन २०२३) का दिन अज्ञात समुहले हत्या भएको आरोपमा विवाद चर्किरहँदा भारत र क्यानडा आ-आफ्नो कडा निर्णय लिदै आएका छन् ।
खालिस्तानी नेता हरदिप सिंह निज्जरको हत्याको विषयमा बढेको दुई देशबीचको यसै क्रममा आज भारतले आज एक कडा निर्णय भारतले क्यानडाका नागरिकका लागि भिसा सेवा निलम्बन गरेका छन् ।
भारतीय नियोगका अनुसार सन् २०२३ को २१ सेप्टेम्बरदेखि लागु हुने गरी अर्को सूचना लागु नभएसम्मका लागि भारतीय भिसा सेवाले क्यानडाका नागरिकका लागि भिसा सेवा निलम्बन रोकिएको छ। साथै थप जानकारी को लागि बीएलएसको वेबसाइट हेर्न भनेको छ।
यो सूचना भारतले आफ्ना नागरिकहरूलाई क्यानडा यात्रा गर्न वा त्यहाँ बसोबास गर्न “उच्चतम सजगता अपनाउन” सूचना जारी गरेको एक दिनपछि यस्तो निर्णय आएको हो।
सोमवारका दिन क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्ना गुप्तचर निकायहरूले क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यामा “भारत सरकारका एजेन्टहरू” संलग्न भएको आरोप लागएका थिए।
यस अघि भारत सरकारले सन् २०२० मा खालिस्तानी समर्थकका नेता र खालिस्तानी समर्थक लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको घोषणा गरेका थियो।