डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य पुनः बढ्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ १८ गते।

डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य पुनः बढेको छ ।

निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो

डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको भाउ भने देशभर एक सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ पर्ने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *