अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन ४ गते।
पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो।
निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई-दुई रूपैयाँ बढेको जानकारी दिएको छ।
निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।