कामना सेवा बिकास बैंक लि.को बर्दिबास शाखाको नगरपालिका १ स्थित ग्लोबल एकेडेमीमा एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

अनलाईन न्युजपाटी ,बर्दिबास ,समाचारदाता,फागुन ११ गते। 

कामना सेवा बिकास बैंक लि. को बर्दिबास शाखाले बर्दिबास नगरपालिका ०१ स्थित ग्लोबल एकेडेमीमा एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ

बैंकले व्यवस्थापन सकांयमा अध्ययनरत विद्ययार्थीहरुलाई सुरक्षित भविष्यको सुनिस्चितता गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ कार्यक्रम गरिएको  बर्दिबास शाखा प्रमुख पकंज हरी शर्माले बताउनु भयो ।

कार्यक्रममा सहभागीलाई बैकंका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिंङ्क, डिजिटल बैंकिंङ्गमा अपनाउनु पर्ने सर्तकता लगाएत विषयमा साक्षरता प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बैङ्कका प्रदेश कार्यलयबाट प्रबिनबर्ताेला ,सम्बन्ध प्रबन्धक बास बहादुर खड्का र उज्जवल चौधरी , सेवाप्रबन्धक प्रकृति हमाल र कर्मचारी बेनुका दाहाल र रोशन श्रेष्ठलगाएत सहभागीभई आधुनिक बैकिङ्कको बारेमा जानकारी गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *