अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ २६ गते।
नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रन्ध्र सय भन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।
खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ।
खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ ।