प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले ठुलो सङ्ख्यामा माग्यो वन रक्षक

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १४ गते।

प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले वन रक्षक पदमा आवेदन माग गरेको छ।

आज सूचना निकालेर आयोगले प्रदेश निजामती सेवा अन्तर्गत वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

जसमा खुल्ला तर्फ १२८, महिला ३३, आदिवासी जनजाति ३४, मधेसी ५, दलित ६, अपाङ्ग ४, थारु ६ र मुस्लिम ५ गरी २२१ जनाको विज्ञापन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *